पर्यटकीय मार्ग निर्माण गर्दा अधिकृतले रकम हिनामिना गरेपछि...
वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरत बहादुर बुढथापासहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरुले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय मुगुका सव–इन्जिनियर हिमाल कुमार मल्ल, सव–इन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् ।
अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २० लाख ४८ हजार ४०३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया