भारतबाट फर्किएका ४२ जनामा कोभिड संक्रमण

बैतडी- सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोभिड संक्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक/एक रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा संक्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा संक्रमण देखिएको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा संक्रमण देखापरेको थियो ।
यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोभिड परीक्षण कार्य जारी रहेको छ । सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोभिड परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा संक्रमण देखिएको छ ।
संक्रमणका कारण हालसम्म छ सय ३४ को ज्यान गइसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया