फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ : प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`ले फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा फोहोर व्यवस्थापनमा जापानबाट सिक्नुपर्ने बताए । आफ्नो भ्रमणबाट जापानमा रहेका नेपालीहरू धेरै नै खुसी भएको समेत उनले बताए ।
यसका साथै प्रचण्डले फोहोर व्यवस्थापनकै लागि जापानसँग सहयोग मागेको बताएका छन् । `विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्यौं । जापान फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ । कतै फोहोर नै नदेखिने बनाएका रहेछन्,` उनले भने ।
जापानको हाइड्रो, कृषि र भौतिक संरचना आवश्यकता भएको विषयमा छलफल भएको प्रचण्डले बताए । उनले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताए ।
प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान गएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया