झापा, मोरङ र सुनसरीका खुला सीमा क्षेत्रमा लामो दुरीको प्रहरी गस्ती

विराटनगर - सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधि नियन्त्रण गर्ने भन्दै नेपाल प्रहरीले प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीमा लामो दुरीको गस्ती सुरु गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमावर्ती क्षेत्रमा छुट्टाछुट्टै टोली परिचालन गरी गस्ती सुरु गरेको हो ।
खुल्ला सीमा नाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रबाट भइरहेका चोरी, तस्करी र अपराधहरूको रोकथाम तथा नियन्त्रण गर्न भन्दै भारतसँग सीमा जोडिएका क्षेत्रमा गस्तीमा प्रहरी परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए ।
गस्ती टोलीलाई आवश्यक हातहतियार र सुरक्षा सामग्रीसहित पहिलो चरणमा श्रावण २० गतेदेखि सुरु गरेर बुधबारसम्म पाँच दिन गस्ती गरिएको जनाइएको छ । भारतसँगको खुल्ला सिमाना जोडिएका तीनवटै जिल्लामा छुट्टाछुट्टै टोली बनाई परिचालन गरिएको प्रवक्ता राईले जानकारी दिए ।
यसअघि सम्बन्धित जिल्ला र त्यस मातहतका सिमा क्षेत्रको प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा सिमा क्षेत्रमा गस्ती गर्ने गरेको थियो । नेपाल प्रहरी एक्लैले पनि सिमावर्ती क्षेत्रमा गस्ती थालनी गरेको जनाइएको छ ।
प्रहरीले सुरु गरेको लामो दुरीको गस्तीले मातहत सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई थप हौसला हुने र अपराधजन्य गतिविधि नियन्त्रणमा थप टेवा पुग्ने अपेक्षा गरिएको प्रहरीको भनाई छ ।
निरन्तर भइरहने गस्तीका साथै लामो दुरीको गस्तीमा सहभागी भएर आएका प्रहरीले दिने प्रतिवेदनका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थाका लागि रणनीति बनाइने जनाइएको छ ।
भारतसँग खुल्ला सिमा जोडिएको क्षेत्र मोरङको मात्रै ६३ किलोमिटर र सुनसरीको ६२ किलोमिटर सीमाक्षेत्र भारतसँग जोडिन्छ । त्यस्तै झापाको ११८ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतकै विहार र पश्चिम बंगाल राज्यसँग जोडिएको छ ।

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

प्रतिक्रिया