धनुषामा १२ हजारभन्दा बढी मतदाता थपिए

जनकपुरधाम - धनुषामा पछिल्लो पटक १२ हजार १ सय ९४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगको जिल्ला कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा भएको नामावली संकलनको काम थालिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णा राउतले दिएको जानकारी अनुसार जिल्लामा पुरुष ६ हजार ९ सय ९८ र महिला ५ हजार १९ जना नयाँ मतदाता थपिएका छन् । त्यस्तै, जिल्ला बाहिरका ४ सय ५० नयाँ मतदाताको नाम संकलन भएको छ । जसमा पुरुष ३१२ र महिला १३८ जना रहेको उनले बताए ।
जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५, जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।
यो सँगै नयाँ मतदाताको कूल संख्या आयोगको केन्द्रीय कार्यालयबाट रुजु भएर आएपछि मात्र यकिनका साथ भन्न सकिने सूचना अधिकारी राउतले बताए । यसअघि स्थानीय तह निर्वाचन पहिला जिल्लामा ६ हजार ४७२ मतदाता थपिएर कुल संख्या ४ लाख ११ हजार १४६ पुगेको थियो ।
जसमध्ये पुरुष २ लाख ४८ हजार ८४०, महिला २ लाख १८ हजार ५४२ र अन्य ६ जना थिए अब मतदाताको अनुमानित संख्या ४ लाख २३ हजार ३४० पुगेको छ ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया