गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आ-आफ्नो सिटमा दाबी प्रस्तुत गर्ने

काठमाडौँ- संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक आज बस्दैछ ।
नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरी शिर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन ।
कार्यदलको बैठकमा सबै दलले आ–आफनो सिटका बारेमा दाबी पेश गर्नेछन् र सो दाबी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन् ।
सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २–२ सदस्य रहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया