प्रचण्ड-बाबुराम भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सामेल थिए ।
भेटमा चुनावी सहकार्य, तालमेल वा गठबन्धनबारे छलफल भएको नेसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार छलफल सकारात्मक भए पनि कुनै निष्कर्षमा भने पुग्न सकेन । पुन: छलफल भने जारी रहने उनले बताए ।
गठबन्धन दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रमअन्तर्गत आज प्रचण्डसँग भेट भएको उनको भनाइ छ । भट्टराईले अस्ति प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया