चेल्सीको शानदार जित, सिटी हार्दा लिभरपुल पाँचौ स्थानमा

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । यस्तै लिभरपुलले संघर्षपूर्ण जित निकालेर पाँचौ स्थानमा उक्लिदा शीर्ष स्थानको म्यानचेस्टर सिटी भने पराजित भएको छ ।
शनिबार राती भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलले एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराउँदा म्यानचेस्टर सिटी भने लिड्स युनाईटेडसँग २–१ गोलले पराजित भयो ।
लिभरपुललाई जिताउन मोहम्मद सलाह र अलेक्जेन्डर आर्नोल्डले गोल गरे । यस्तै लिड्सका स्टुआर्ट डालसले दुई गोल गर्दा शीर्ष स्थानको सिटी पराजित बन्यो । सिटीका लागि फेरेन टोरेसले एक गोल फर्काए । हारका बाबजुद पनि सिटी ३२ खेलबाट ७४ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ । सिटीको दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडभन्दा १४ अंकको अग्रता छ ।
यस्तै ३१ अंकबाट ५४ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ भने लिभरपुल ५२ अंकसहित पाँचौ स्थानमा छ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया