आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

अनधिकृत कोड प्रयोग गरी तथ्यांक नतान्‍न नेप्सेको चेतावनी

फाइल फोटो

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को आधिकारिक वेबसाइटबाट कारोबार सम्बन्धी विवरण विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा तान्ने निरन्तर भैरहेको भन्दै नेप्सेले रोकथामको प्रयास भैरहेको जनाएको छ।

नेप्सेका अनुसार हाल यस्ता डाटा तान्नेका कारण नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अत्याधिक बढेको भन्दै प्रयोगकर्ता र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा पुग्न गएकोले यसरी अनधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा अवरुद्ध गर्ने प्रयासलाई रोकथाम गर्न विभिन्न प्रयास भइरहेको जनाएको छ।

साथै आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानुनी कारवाहीको प्रक्रियामा जान बाध्य हुने समते नेप्सेले जनाएको छ । साथै, हाल नेप्सेले आधिकारिक रुपमा एपिआइ (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आइरहेको जनाकारी दिएको छ ।