राष्ट्रियसभा अध्यक्षलाई प्रवासी नेपालीले के-के सुनाए समस्या ?

लण्डन : नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिक रूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए ।
युरोप र नेपालबीच सिधा हवाई उडान गर्न माग गर्दै वक्ताहरूले गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकता नेपालमा रहने नेपाली सरह हुनु पर्ने तथा खाडी मुलुकमा रहेका लाखौँ नेपालीले सिकेको सीप र ज्ञानको उपयोग राज्यले गर्नु पर्ने जस्ता सुझाव र समस्या राखेका थिए ।
सो अवसरम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले पछिल्लो पटक अन्य देशमा राजदूत पठाउने क्रममा संसदीय सुनुवाइमा नाम पठाउने क्रममा कोरिया छुटेका कारण यस्तो हुन गएको र अब छिट्टै पठाइने बताए । त्यस्तै नागरिकताका सवालमा हाल संसद्मा विधेयक पेश भइसकेको र यसमा थप केही मागहरू सम्बोधन गर्नुपर्ने रहेको भनी बाग्लुङबाट निर्वाचित सांसद सूर्य पाठकले संसोधन प्रस्ताव पेश गरेको भन्दै उनले सो विधेयक राष्ट्रियसभामा आउँदा आफूले थप आवाज उठाउने बताए ।
अध्यक्ष तिमिल्सेनाले युरोप र नेपालबीच सिधा हवाई उडानका लागि युरोपमा हाल नेपाली जहाज उडाउन प्रतिबन्ध रहेको र यसको विकल्पका रूपमा रसिया-नेपाल सिधा उडानका लागि आफू नेपालका लागि रसियाका राजदूतसँग निरन्तर संवादमा रहेको बताए । कार्यक्रममा विश्वका विभिन्न देशबाट प्रवासी नेपाली मञ्चका पदाधिकारी, पत्रकार र अन्य सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । रासस

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

प्रतिक्रिया