जनकपुरधाम उपमहानगरले गौशाला निमार्ण गर्ने

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाले अव्यवस्थित पशुहरूको हेरचाहका लागि जनकपुरमा गौशाला निर्माण गर्ने भएको छ ।
छाडा चौपाया व्यवस्थापनसहितका उद्देश्यसहित जनकपुरधाम–१२ स्थित राजदेवी मन्दिर नजिक उपमहानगरपालिकाले एक करोडको लागतमा गौशाला निमार्ण गर्न लागेको हो ।
उपमहानगरपालिका प्रमुख मनोजकुमार साहका अनुसार छाडा चौपायालाई स्थायी रूपमा व्यवस्थापन गर्नका लागि सो गौशाला निर्माण गर्न लागिएको हो ।
करिब १० कट्ठामा निर्माण हुने सो गौशालामा ५० वटा चौपाया अट्ने क्षमताको बनाइने छ भने जसलाई छ महिनाको अवधिभित्र नै सकिने गरी काम सम्पन्न गर्न उपमहानगरपालिकाले निर्देशनसमेत दिएको छ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया