तारालाई मनपर्छ प्रेमपत्र र गुलाब दिने केटा

बलिउड अभिनेत्री तारा सुतरियाले आफू हृदयदेखि नै रोमान्टिक भएको बताएकी छिन् । उनले एउटा पत्रिकासँगको कुराकानीमा आफ्नो पार्टनरमा हुनुपर्ने गुणको बारेमा पनि खुलेर कुरा गरेकी थिइन् । ताराका अनुसार उनी प्रेमको मामलामा रुढीवादी छिन् । उनलाई फिल्ममा देखाइए जस्तो विशेष अवसरमा मात्र होइन हरेक दिन नै प्रेममय होस् भन्ने लाग्छ ।
उनले प्रेमीलाई प्रेमपत्र लेख्न, गुलाब दिन र किताब उपहार दिन पनि मनलाग्ने बताएकी छिन् । ताराले यतिबेला आफू ‘ दि ग्रेटेस्ट लभ लेटर्स अफ अल टाइम’ पढिरहेको पनि जानकारी गराएकी छिन् । उनले आफ्नो पार्टनरमा नभई नहुने गुणको बारेमा कुरा गर्दा इमान्दारिता पहिलो सर्त हुने बताएकी छिन् । उनले आफ्नो पार्टनरमा ‘सेन्स अफ ह्युमर’ हुँदा झन् खुशी लाग्ने बताएकी छिन् ।
‘स्टुडेन्ड अफ दि इयर २’बाट बलिउडमा डेब्यु गरेकी ताराको नाम आदर जैनसँग जोडिँदै आएको छ । भर्खरै ‘हिरोपन्ति २’ साइन गरेकी तारा ‘एक भिलेन २’मा पनि जोन अब्राहम र दिशा पटानीसँगै अभिनय गरिरहेकी छिन् ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया