आइएमडीबीमा पनि डुब्यो ‘लालसिंह चढ्ढा’

मुम्बई - आमिर खानको फिल्म ‘लालसिंह चढ्ढा’ले फिल्म रेटिङ साइट आइएमडीबीमा कम स्कोर पाएको छ । यसको रेटिङलाई सजिलै तलमाथि गर्न सकिन्छ त्यसका बावजुद पनि फिल्मले पाएको रेटिङले धेरैलाई चकित पारेको छ । बिहीबार विश्वभर रिलिज भएको फिल्मले १० मा जम्मा ४.२ रेटिङ पाएको छ । फिल्मले समीक्षकबाट पनि समीक्षामा कम रेटिङ पाएको थियो ।
फिल्मले दोस्रो दिनसम्ममा ५२ हजार भोट पाएको छ जसमा १३ हजारले फिल्मलाई ५ स्टार दिएका छन् भने ३३ हजारले जम्मा १ स्टार । यो संख्यालाई लैंगिकताका आधारमा हेर्दा महिलाभन्दा पुरुष फिल्मप्रति असहिष्णु देखिएको समाचारमा जनाइएको छ । पुरुषले औसतमा फिल्मलाई ३.३ प्रतिशत भोट दिएका छन् भने महिलाले ४.२ । यसमा पनि ४२ वर्षमाथिका पुरुष फिल्मप्रति थप रुष्ट देखिएको विश्लेषणले देखाएको छ ।
हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक ‘लालसिंह चढ्ढा’ले रिलिजअघि ‘बाइकट’ अभियान खेपेको थियो । आमिर र करिना कपुरले फिल्मलाई एक मौका दिन आग्रह गरे पनि पहिलो दिन बक्स अफिसमा ‘बाइकट’ अभियानको प्रभाव देखिएको जनाइएको छ । फिल्मले पहिलो दिन जम्मा १२ करोड ग्रस गरेको छ जुन पछिल्ला दिनमा आमिर अभीनित फिल्ममध्ये सर्वाधिक कम हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया