बागमतीमा सवारी लाइसेन्स लिनेको संख्या बढ्यो

काठमाडौँ- बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि वर्ग थप र नयाँ आवेदन दिने संख्या बढाएको छ । मन्त्रालयले सेवाग्राहीहरूको अत्यधिक चाप व्यवस्थापन गर्न संख्या थपेको जनाएको छ।
ललितपुरको एकान्तकुना, काठमाडौँको ठूलो भर्याङ, चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागू हुने गरी आवेदन संख्या बढाएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
‘अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिको लागि निवेदन दिन सकिने छ,’ सूचनामा उल्लेख गरिएको छ, ‘आम सेवाग्राहीले विवरणहरू (नागरिकता नम्बर, ड्राइभिङ लाइसेन्स नम्बर, नाम, मोबाइल नम्बर र वर्ग) त्रुटीरहीत हुने गरी प्रविष्ट गर्नु हुन अनुरोध छ।’
सेवाग्राहीहरूलाई आफ्नो विवरण (नागरिकता नम्बर, ड्राइभिङ लाइसेन्स, नाम, मोबाइल र वर्ग) प्रस्टसँग लेख्न पनि मन्त्रालय अनुरोध गरेको छ ।

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया