यस्तो बन्यो ‘प्रेमगीत ३’ को हिन्दी टिजर (भिडियो)

काठमाडौँ - नेपाल भर भारतमा एकै दिन चल्न लागेको फिल्म ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । शनिबार बिहानै सार्वजनिक टिजरले प्रदीप खड्काको चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई देखाइएको छ ।
१ मिनेट लामो टिजर प्रदीप खड्कामय छ । तर निर्माण टिमले टिजरमा यसको ब्रान्ड भ्यालु अनुरुप प्रेमिल संवाद वा दृश्य नराखेर द्वन्द्वलाई प्राथमिकता दिएको छ । हिउँले भरिएको मुस्ताङका दृश्य आकर्षक छन् र फिल्मको एक्सन पनि रोचक छ । टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदिले ठाउँ पाएका छन् ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्म नेपाल र भारतमा असोज ७ मा प्रदर्शन हुन लागेको हो । निर्माण टिमले फिल्मलाई हिन्दीमा डबिङ गरेर हलमा प्रदर्शन गर्न लागेको पहिलो फिल्मको रुपमा प्रचारप्रसार गरेको छ । फिल्मको ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माण टिमले जनाएको छ ।
Teaser of first Indo-Nepali film ‘Prem Geet 3’ out. Trailer will be out on 18th August 12 noon @Zee music company YouTube channel. @pradeepkhadkaofficial
— Komal Nahta (@KomalNahta) August 13, 2022
@kristinagurungofficial
@santoshsenofficial@subhashkale222
@gupta_prashant22@dr.yogesh_lakhani@DwaparPromoters pic.twitter.com/LqeHGhWDCk

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया