वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न सकेन : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाउका छन् । आइतबार काठमाडौंमा आायोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याए पनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको आरोप लगाएका हुन् ।
यसअघिको एमाले सरकारले विभिन्न राजमार्ग, देशैभर ३९६ अस्पताल लगाएका विभिन्न आयोजनाको शिलान्याश गरे पनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै निरन्तरता दिन नचाहेको उनको भनाइ छ ।
आफू प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार नै गरे पनि अहिलेको सरकारले आफ्नो भूभागलाई समस्याका रुपमा चित्रण गरेको उनले बताए।
ओलीले मुलुकको विकासका लागि स्वच्छ सरकार बन्नुपर्ने र त्यागी नेता हुनुपर्ने जिकिर गरे । आफ्नो पार्टीले सदैव युवाहरूलाई अवसर दिएको भन्दै ओलीले युवाहरूले नै देशलाई बनाउनुपर्ने अवस्था आएको धारणा राखे ।
त्यस्तै अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसा समेत नभएको बताए । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै, उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया