‘प्रेमगन्ज’मा बेनिशासँगै सम्पदा बानियाँ

काठमाडौ : किस्ताबन्दीमा कलाकार छनौट गरिरहेको ‘प्रेमगञ्ज’ले सम्पदा बानियाँलाई छनोट गरेको जनाएको छ । फिल्ममा रहने मुख्य दुई नायिकामध्ये एकका लागि सम्पदा फाइनल भएको निर्माण टिमले जनाएको छ ।
चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामालसँगै सम्पदा पनि छनोट भएको बताइएको छ । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए ।
यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिइसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गिता अधिकारी लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका हुन् ।
बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र वैशाख पहिलो साताबाट छायांकनमा जाने वताइएको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया