सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए ।
उनले विधेयकले आन्तरिक ऋण उठाउन र वैदेशिक ऋण लिन सरकारी निकाय र सार्वजनिक संस्थाले प्रक्रियाका लागि विधेयकले व्यवस्था गरेको बताए । रासस

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

प्रतिक्रिया