रुपन्देही, दाङ र सुनसरीमा डुबेर तीन जनाको मृत्यु

काठमाडौँ - रुपन्देही, दाङ र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीस्थित भलुही खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–७ अस्नैया बस्ने ४० वर्षीय भिम चौधरी छन् । उनको शनिबार मृत्यु भएको हो ।
दाङको लमही नगरपालिका–६ बेल्दमारस्थित अर्जुन खोलामा साथीहरुसँग नुहाउने क्रममा डुबेर घोराही उपमहानगरपालिका–२ बुका बस्ने २६ वर्षीय निराजन पोख्रेलको शनिबार मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित झुम्का चतरा नहरमा डुबेर सोही नगरपालिका–१ पुर्नबास बस्ने ५४ वर्षीय बिनोद कुमार काफ्लेको शनिबार मृत्यु भएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया