प्रधानमन्त्री देउवाले लोकार्पण गरे पूर्वमन्त्री प्रतिभाको ‘गहिराइ’

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाको ‘गहिराइ’ र अंग्रेजी कविता, ‘कर्टन अफ माया’ को विमोचन गरेका छन् । शनिबार आयोजित विमोचन समारोहलाई सम्बोधन गर्दै साहित्य, संगीत र कलाविना समाज र देश पूर्ण नहुने बताएका थिए ।
लेखक प्रतिभा राणाले आपूmले २१ वर्षको उमेरदेखि लेखेको कविताहरू सङ्ग्रहको रुपमा प्रकाशित भएको बताइन् । कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य ईश्वरीयदेन लगाएतका विविध, विषय समावेश भएको उनले जानकारी गराइन् ।
विमोचनपछि समालोचकले कृतिमाथि टिप्पणी गरेका थिए । सो क्रममा समालोचक डा. ज्ञानु पाण्डेले लेखक प्रतिभा राणालाई कविको रुपमा साहित्य बजारमा स्वागत गर्दै उनका कवितामा जीवन र जगत समावेश भएको टिप्पणी गरेकी थिइन् ।
यसैगरी समालोचक राम लोहनीले अंग्रेजी कवितामाथि समालोचना गर्दै संग्रहमा दर्शनलाई व्याख्या गरेर निर्माण भएका कविताले ठाउँ पाएको बताएका थिए । शिखा बुक्सले प्रकाशन गरको दुई कृतिको मूल्य रु. ४५०÷– र रु ३५०÷– रहेको छ ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_Yt5BFJQCkd_of316rjywlbh4tv9zopt7nqtzfa023sqixdq1bpypdfckfcgrbuhdrqdza1s.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया