एनआरएनए कतारको अध्यक्षमा सुरेश भट्ट, नेपाली श्रमिकको पक्षमा आवाज बुलन्द गर्ने प्रतिबद्धता

काठमाडौं– गैर–आवासीय नेपाली संघ (एनआरएनए) कतारको राष्ट्रिय तदर्थ समिति सुरेश भट्टको अध्यक्षतामा गठन भएको छ । गत शुक्रबार दोहाको वक्रास्थित लक्की स्टार रेस्टुरेन्टमा आइसीसी सदस्य सरिता चिलवालको अध्यक्षतामा सम्पन्न भेलाले सो कार्यसमिति गठन गरेको हो ।
नयाँ निर्वाचित तदर्थ समितिका अध्यक्ष भट्टले आफू मौजुदा एनआरएनए कतारले गरेका गल्तीलाई खबरदारी र तिनलाई सच्याउँदै अगाडि बढ्ने बताए । उनले आगामी दिनमा दोहामा रहेका नेपाली श्रमिकहरुलाई उत्थानका निम्ति संस्था सधैँ अग्रसर रहने विश्वास व्यक्त गरे ।
त्यस्तै, नेपाली श्रमिकहरुलाई एकताबद्ध गर्दै चेतनामुलक कार्यक्रमहरु आउने दिनमा क्रमश गर्दै जाने योजना आफ्नो रहेको भट्टले बताए ।
यस्तो छ पूर्ण कार्यसमितिः
अध्यक्ष–सुरेश भट्ट, वरिष्ठ उपाध्यक्ष–सुनिल कुमार घिमिरे, उपाध्यक्ष– मोहम्मद कलम हुसैन खान, उपाध्यक्ष– सोमनाथ कँडेल, महिला उपाध्यक्ष– मञ्जु खनाल आचार्य, महासचिव– ध्रुवराज अधिकारी, सचिव– पुष्पराज कोइराला, सचिव– प्रेम नेपाल, सचिव– रमेश पौडेल क्षेत्री, कोषाध्यक्ष– सूर्य नारायण सापकोटा, सह कोषाध्यक्ष– अब्दुल रहमान, युवा संयोजक– हेमराज रिमाल, सदस्यहरूः राधा कृष्ण अधिकारी, रूप रसाइली, अमित रिजाल, योगेन्द्र तामाङ्ग, मुहसिन नासिर, प्रकाश बराल, प्रकाश यादव, लोकबहादुर बराल, अजय कुँवर, सबिना आचार्य, आरिक शेख

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया