ईयु सहयोगको पुनरुत्थान र पुनर्निर्माण परियोजना समापन हुँदै

काठमाडौँ : युरोपेली महासंघ सहयोगको ‘नेपाल–ईयु एक्सन फर रिकभरी एण्ड रिकन्सट्रक्सन’ फेसेलिटीले नेपालको पुनर्निर्माणको सम्बन्धमा समीक्षा गरेको छ । शुक्रबार भएको समीक्षामा समग्रमा पुनरुत्थान र पुननिर्माणको सन्दर्भमा पुनर्निर्माण प्रशासनसहित विभिन्न पक्षमा छलफल गरेको हो ।यो परियोजनाको सम्बन्धमा मागमा आधारित तथा प्राविधिक सहयोग प्रदान गर्ने निकट साझेदारका सम्बन्धमा अधिक प्रभावकारी र सञ्चालनका जटिलताका विषयमा छलफल भएको थियो । यो परियोजनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग काम गरेको छ ।
यो परियोजनाले विगत चार वर्षमा पुनर्निर्माण र पुनरुत्थानका विविध क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताद्वारा परामर्श सेवा प्रदान गरेको थियो । यस परियोजनामा आकस्मिक दायित्व स्वरूप वृद्धि भएको बजेटका सम्बन्धमा पनि लचकता अपनाइएको थियो । अनुभव बाँड्ने, चुनौती विश्लेषण तथा कार्यक्रम, अनुगमन तथा मूल्यांकन र प्रस्तुतीमा सिफारिश तथा आधिकारिक हस्तान्तरण जस्ता गतिविधि गरिएका थिए ।
नेपालका लागि ईयुका राजदूत नोना देप्रेजले पुनर्निर्माणका क्षेत्रमा हासिल भएका प्रगतिका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बधाई दिदैं नेपालमा पुनर्निर्माणका कामको स्तरोन्नति भएको बताएकी छिन् । नेपालको पुनर्निर्माणमा ‘बिल्ड ब्याक बेटर’ ले गति लिएको उल्लेख गर्दै राजदूतले यसले जोखिमयुक्त समुदाय र आम नेपालीहरूलाई लाभान्वित बनाएको बताइन् ।
सन् २०१५ को महाभूकम्पपछि ईयुले नेपाल र नेपाली जनतालाई राहत, पुनरुत्थान र पुननिर्माणका माध्यमबाट सघाएको छ । ईयुले नेपाललाई ९ करोड युरो सहयोग गरेको थियो । ‘रिकन्स्ट्रक्सन फेसेलिटी’ स्थापनाका लागि जर्मन कन्सल्टिङ ग्रुप, जीएफएसँग करार गरिएको थियो । समीक्षा कार्यक्रममा नेपालस्थित युरोपेली महासंघको प्रतिनिधिमण्डल, विकास साझेदार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र पुरातत्व विभागका अधिकारीरू सहभागी थिए ।

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सा…

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वडा सदस्य मीनबहादुर महतोको तीन बिघामा लोभलाग्दो मेवाखेती

मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवारलाई मुआब्जा वितरण

किसानलाई ५३२ घार मौरी वितरण

प्रतिक्रिया