सनराइज बैंकले बनायो चौतारी

काठमाडौं– सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको सनराइज बैंकले नवलपरासीको सुनवलमा चौतारी निर्माण गरेको छ । चौतारी हालै उद्घाटन गरिएको छ ।
सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले एक कार्यक्रमबीच चौतारीको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बैककी पुमसरी गुरुङ्ग, नायब महाप्रबन्धक अपछकुमार यादव र सुनवल वडा नं ३ का अध्यक्ष पविन गुरुङ्गलगायतको उपस्थिति रहेको थियो ।
स्थानीयहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनीय योगदान पुर्याएको नगर प्रमुख अर्यालले बताइन् ।
संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको र गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महाप्रबन्धक यादवले खुसी व्यक्त गरे ।
बैंकले हरेक वर्ष आफ्नो नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको बताइएको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_BA6i7GBAV3_v1tf7ci2uzawxfok6ftndrnbgay9ofikzzlyexbznuk6bff5myn62lcmmvz7.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया