रुपन्देहीमा गोली प्रहार, एक घाइते

बुटवल- रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन् । अज्ञात समुहले चलाएको गोलि लागेर सिद्धार्थनगर नगरपालिका-१ वेलहिया बस्ने विकाश गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको ओमसतिया- ४ बसन्तपुरमा अज्ञात समुहले गुरुङमाथि गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाउँपालिका-१ बाइपासस्थित सिद्वार्थ होटलमा करिब १२ बजे राति अज्ञात समुहद्वारा लुटपाट गरि भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडी जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समुहले गोली प्रहार गरेका थिए ।
लुटेराहरुले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताइएको छ । घाइतेको उपचारको लागि भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समुहको खोजिमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_1ZjrSYUDmO_3nobrg1tpakpnlysdaeyuugt6cbvv5poizu8fhtm6mcrdefhfugl6qkxewmr.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया