राप्रपा बैठकका अजेन्डा : निर्वाचनमा तालमेलदेखि तेस्रो चरणका आन्दोलनसम्म

काठमाडौँ- राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीदेखि तेस्रो चरणका आन्दोलनको मोडालिटीलगायत विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘संघीय र प्रदेशसभा निर्वाचनको तयारीदेखि तेस्रो चरणको आन्दोलनको मोडालिटीका बारेमा बैठकका अजेन्डा रहेका छन्,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि विभिन्न समितिहरू पनि यसै बैठकबाट निमार्ण हुनेछन् ।’
२२ बुँदे माग राखेर गत असार ३१ सम्म भएको पहिलो चरणको आन्दोलन, ११ साउनदेखि ३१ साउनसम्म भएको दोस्रो चरणको आन्दोलन समापन हुने गइरहेको अवस्थामा तेस्रो चरणको आन्दोलन तयारीका लागि मोडालिटीका बारेमा छलफल हुनेछ । ‘तेस्रो चरणको आन्दोलन भने काठमाडौँ केन्द्रित हुनेछ,’ श्रेष्ठले भने ।
बैठकमा अध्यक्ष लिङदेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटघाट र निर्वाचनका लागि अन्य राजनीतिक दलसँग तालमेलको विषयमा पनि छलफल हुने बुझिएको छ ।
बैठक मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया