‘मिस युनिभर्स नेपाल’मा २० सुन्दरीकाे प्रतिस्पर्धा

काठमाडौँ- अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
काठमाडौंको याक एन्ड यति होटलमा आइतबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक नग्मा श्रेष्ठले यो कुराको जानकारी दिइन् । कार्यक्रममा २० जना प्रतिस्पर्धीहरुले रातो कार्पेटमा हिडेका थिए । उनीहरुले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरुलाई दिदै रातो कार्पेटमा क्वाटवाक गरे ।
निर्देशक नग्मा श्रेष्ठले आउँदो बर्षदेखि भने यो प्रतियोगितामा विवाहित, गर्भवती र आमा भैसकेका तथा सम्बन्ध विच्छेद गरेका महिलाहरुले समेत सहभागीता जनाउन पाउने बताइन् । उनले भनिन्–‘मैले सधै नै मिस यूनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागू हुने समावेशिता हो । आउँदो बर्षदेखि लागू हुने गरि गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुका लागि लागू हुनेमा विश्वास लिएकी छु ।’
उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् । यस वर्षको ‘मिस युनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने जानकारी दिइयो । यस्तै, विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।
यस वर्षको ‘मिस युनिभर्स नेपाल’मा विपना अधिकारी, दिक्षा खाती, आकृती मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टी हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया