दराजले ल्यायो 'दराजमल फेस्ट' योजना, प्रिमियम ब्रान्डमा विेशेष छुट

काठमाडौँ- नेपालको अग्रणी अनलाइन बजार, दराजले आजदेखि दराजमल फेस्ट सुरु गरेको छ । प्रयोगकर्ताले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुने बताइएको छ ।
अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु सात हजारसम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको दराजले जानकारी दिएको छ ।
पाँच सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित रहेको दराजमलले प्रामाणिक उत्पादनहरु र १४ दिने फिर्ता नीतिसँग ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चितता प्रदान गर्ने विश्वास लिएको छ । उक्त फेस्ट ग्राहकका लागि अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागि सुनौलो अवसर भएको बताइएको छ ।
विगतमा जस्तै ग्राहकहरुले दराजमल फेस्टमा बैंकडेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा थप १५ प्रतिशत(सात सय पचास रुपैयाँ)सम्म छुट पाउन सक्ने कुरा दराज नेपालले जारी गरेकव विज्ञप्तिमा उल्लेख गरेको छ ।
बैंक डेज अफर निम्नानुसार छन् :
- मंगलबार – ग्लोबल आई एम ई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत(७५०) सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत(५००) सम्म छुट
- बिहीबार – मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत(रु ५००) सम्म छुट
- शुक्रबार – नबिल बैंकबाट डेबिट÷क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम रु ५००)
- शनिबार – स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट÷क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम रु ५००)
पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड÷क्रेडिट कार्डमा १० प्रतिशत (अधिकतम रु. ५००)को अतिरिक्त प्रि–पेमेन्ट छुट प्राप्त गर्नेछन् । त्यसैगरी दराजमा किनमेल गर्ने र इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत(अधिकतम रु ३५०)सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डमा थप छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने बताइएको छ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुटको व्यवस्था रहेको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_BA6i7GBAV3_v1tf7ci2uzawxfok6ftndrnbgay9ofikzzlyexbznuk6bff5myn62lcmmvz7.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया