प्रदेश २ मा नेपाल समूहको छुट्टै संसदीय दल, महतो दलको नेता
जनकपुरधाम : नेकपा एमालेको विवादको असर प्रदेश २ प्रदेश सभामा पनि देखिएको छ । एमालेको माधव नेपाल समूहले ससंदीय दलको नेता चयन गरेको हो । संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरिएको हो ।
आज आइतबार प्रदेश सभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली समूहका मण्डललाई हटाएर महतोलाई दलको नेता चयन गरेको हो । भोलिदेखि बस्न लागेको प्रदेश सभा बैठकको पूर्वसन्धायामा नेपाल समूहले जिम्मेवारी हेरफेर गरेको हो ।
उक्त समूहले संसदीय दलको बैठकले रवीन्द्र बैठालाई दलको उपनेता, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र दलका सचेतकमा बेची लुंगेलीलाई चयन गरेको छ । दलको नेता, प्रमुख सचेतक, सचेतक हेरफेर भएको जानकारी नेपाल समूहले सभामुख सरोज कुमार यादवलाई पत्र बुझाएर जानकारी गराइसकेको छ ।
प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । यी मध्ये १३ जना सांसदले नेपाल समूहकोतर्फ बाट हस्ताक्षर गरेर सभामुखलाई पत्र बुझाएका हुन् । यता ओली समूहका मण्डलले भने दलकाे नेता आफू नै भएकाे बताइरहेका छन् ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया