नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइने

काठमाडौँ - प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएको सन्देशसहितको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ ।
सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।
राष्ट्रपति भण्डारीले आफू कहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको थियो ।
सोमबार राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । प्राप्त राष्ट्रपति कार्यलयको पत्रबारे मंगलबार सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची आएको हो ।

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

प्रतिक्रिया