आयोगबाट रकम नआउँदा ३ वर्षसम्म पनि क्याम्पसको भवन अधुरै

बैतडी - बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको निङ्गलाशैनी क्याम्पसको भवन निर्माण कार्य अधुरै छ । २०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेको क्याम्पसको भवनको लागि बजेट प्राप्त नहुँदा निर्माण कार्य अलपत्र परेको हो । उक्त भवनमा अहिले इँट्टाहरूको गारो लगाउनुका साथै पिल्लर ठड्याइएकोबाहेक तीन वर्षयता अरु काम हुन सकेको छैन ।
२५ लाख रकमको लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि अधुरो रकम आएकाले निर्माण कार्यअघि बढ्न नसकेको क्याम्पसका उपप्राध्यापक कविराज भट्टले बताए ।
उनले भने, ‘विश्व विद्यालय अनुदान आयोगबाट उक्त भवनका लागि २५ लाख रुपैयाँ आउनुपर्नेमा १२ लाख ५० हजार मात्रै प्राप्त भएको छ ।
कोरोना भाइरस महामारी सुरु भएका बेला बाँकी १२ लाख ५० हजार आउनुपर्नेमा अहिलेसम्म आएको छैन । आयोगले माग गरेका सबै कागजात हामीले पेस गरिसकेका छौँ । प्रकृयाहरू सबै पुर्याउँदासमेत अनुदान रकम आएको छैन । अन्य निकायबाट पनि सहयोग प्राप्त नहुँदा भवन निर्माण अधुरै रहेको हो ।’
मानविकी संकायको मात्रै अध्यापन हुने निंगलाशैनी क्याम्पसको पठनपाठन अहिले निंगलाशैनी माध्यमिक विद्यालयको भवनबाट सञ्चालन भइरहेको छ ।
निङ्गलाशैनी क्याम्पसको भवन केही महिनापछि पूरा हुने क्याम्पस सञ्चालक समिति अध्यक्ष रमेश बोहराको विश्वास छ । उनले भने, ‘आयोगको बोर्ड बैठकले पैसा निकासाको लागि निर्णय गरिसकेको छ । कोरोनाका कारणले पैसा आउन नसकेको भन्ने बुझिएको छ । अब काम हुन्छ होला ।’

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

प्रतिक्रिया