बालुवाटारमा ओली-दाहाल भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । केहीबेर अगाडिबाट सुरु भएको भेटमा पार्टीभित्रको पछिल्लो विवादबारे छलफल भइरहेको छ ।
नेकपामा ओलीले पार्टीको सचिवालय र स्थायी समिति बैठकको सहमति विपरित कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुध्द अविश्वासको प्रस्ताव ल्याउन लगाएको, सहमति बिना मन्त्रिपरिषद् पुनर्गठन गरेको, राजदूत सिफारिस गरेको र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग भेट गरेको विषयमा नेताहरूबीच विवाद छ ।
त्यो विवादको निरुपण गर्न सचिवालय बैठक बोलाउनु पर्ने अडानमा अध्यक्ष दाहाल छन् । ओली भने पहिले दुई अध्यक्षबीच पहिला सहमति जुटाएर एजेण्डा तय गरेर मात्रै बैठक बोलाउनु पर्ने पक्षमा छन् ।
अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल , उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए । दाहालले चार बजे सचिवालयको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका छन् । बैठक अगाडि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

प्रतिक्रिया