शिक्षक लाइसेन्सको परीक्षामा भिडिओ बनाउने कैलालीका विनोदकुमारलाई कारबाही
धनगढी - शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ ।
यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बमलाई आयोगले कारबाही गरेको हो ।
मर्यादाविपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ ।
बमलाई शिक्षक नियमावली २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त रद्द गरिने गरी कारबाही गरिएको र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो २ वर्षसम्म आयोगको कुनै परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

प्रतिक्रिया