नागरिकता विधेयक फिर्ताले मुलुकमा असन्तुष्टि बढ्नसक्ने लोसपाको चेतावनी

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबाट मधेसमा चिन्तित र निराशा बढाएको प्रतिक्रिया दिएको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टि बढ्ने चेतावनी दिएका हुन् ।
`मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिकहरु यस कदमबाट चिन्तित र निराश छन्। नागरिकता समस्याको सम्बोधन समयमा भएन भने मुलुकमा असन्तुष्टिहरु बढेर जाने र त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने परिस्थितिबाट इन्कार गर्न सकिँदैन। यस नागरिकता विधेयकलाई अविलम्ब पारित गर्न गराउन लोसपा सरकासँग जोडदार माग गर्दछ,` विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित नभई फिर्ता पठाइएकोमा लोसपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया