माओवादीको स्थायी समिति बैठक बस्दै, बाबुरामसँग सहकार्यबारे पनि छलफल हुने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दैछ ।
सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ? जाने, सिट बाँडफाँडवारे के गर्ने ? निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने तयारी छ ।
त्यस्तै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य र मोर्चाबन्दीबारे छलफल हुने बताइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया