सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

इजरायलमा पनि मनाइयो २८ औं आदिवासी दिवस

काठमाडौँ - नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने मुल नारा संयुक्त राष्ट्रसंघले घोषणा गरे बमोजिम विश्वभर २८ औं विश्व आदिवासी दिवसको  शुभकामना आदानप्रदान  कार्यक्रम हर्ष उल्लासको साथमा मनाउने क्रममा प्रवास इजरायल पनि  आदिवासी समुदायहरुको मौलिक भेषभुषासहित सांस्कृतिक पहिचान झल्किने झाकी प्रदर्शन र नृत्य प्रस्तुतिहरुको साथमा कार्यक्रम अगस्ट  १२ तारिख शुक्रबारको दिनमा भब्य रुपमा सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण  इजरायलको लागि नेपाली राजदुत कान्ता रिजालले गरेकी थिइन । साथै इजरायलमा क्रियाशील  विभिन्न राजनीतिक संघ संगठन, सामाजिक ,सांस्कृतिक ,धार्मिक , कला ,साहित्यिक  संस्था र मिडियाकर्मीहरूको उल्लेखनीय   उपस्थिति रहेको  थियो । कार्यक्रमको संयोजन  डिक कुमार तमुले गरेका थिए । 

इजरायलको सन्दर्भमा विगत  बाह्र वर्षदेखि यता हरेक वर्ष विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउँदै आइरहेको पनि नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष नानी माया योञ्जन तामाङले बताएकी छिन्  ।