सनराइज बैंकले दियो विद्यालयलाई फिल्टर

काठमाडौं– सनराइज बैंकले बुटवल उप–महानगरपालिका ४ को लक्ष्मी माध्यमिक विद्यालयलाई फिल्टर उपलब्ध गराएको छ । बैंकले प्रतिघण्टा एक सय लिटर पानी फिल्टर गर्न सक्ने क्षमताका आर.ओ फिल्टर प्लान्ट जडान गरेको हो ।
विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेकाले बैंकले उक्त विद्यालयलाई फिल्टर सहयोग गरेको हो । विद्यालयमा हाल तीन सय विद्यार्थीहरु अध्ययनरत छन् ।
उक्त कार्यक्रममा सनराइज बंैकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्रधानाध्यापक शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको उपस्थिति रहेको थियो ।
सामाजिक कार्यले विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पुर्याउने विद्यालयकी प्रधनाध्यापक शर्माले बताएकी छन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया