दुर्घटना बीमावापत एनआइसी बैंकले दियो ३० लाख बीमा रकम भुक्तानी

काठमाडौं– एनआईसी एसिया बैंकले दुर्घटनामा परि मृत्यु भएका तीनजना मृतक खातावालका परिवारलाई प्रतिव्यक्ति १० लाखको दरले कुल ३०लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्र्तगत उक्त रकम भुक्तानी गरेको बताइएको छ।
बीमा लाभ प्राप्त गर्नेमा त्रिपुरेश्वर शाखामा केएमसी एमबेसेडर बचत खाता खोलेका स्व. शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुुदूर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी छन् ।
खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरकफरक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । बैंकले बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया