दर्ताका लागि दलहरूले दिएको निवेदन आजबाट आयोगले जाँचबुझ गर्ने

काठमाडौँ- निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आज (बुधबार) बाट जाँच सुरु गर्ने भएको छ । आगामी संघीय निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आजदेखि जाँच सुरु गर्ने प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको आजबाट जाँचपरक गर्ने, हेर्ने, कानुनबमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षण सुरु हुने छ ।
सबै कुराको परीक्षण गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुने उनले जानकारी दिए । पौडेलले आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने बताए ।
आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन् ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया