सल्यानबाट पाटेबाघ नियन्त्रणमा

सुर्खेत - सल्यानबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ । सल्यानको कालीमाटी गाउँपालिका–७ बाट बाघ नियन्त्रणमा लिइएको हो ।
प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधबार बिहान उक्त पाटेबाघ नियन्त्रणमा लिएको हो । पाटे बाघले कालीमाटी–७ बाटुले गाउँका तुल्सी कुमारी घर्तीको गोठमा बाँधेका गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बिहान साढे ६ बजेतिर उक्त बाघले गोठमा बाँधेका दुइटा गोरु मारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर्तीका तीन वटा गोरुमध्ये बाघको आक्रमणबाट एउटा गोरु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिए ।
बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना र प्राविधिकको टोली पनि सल्यान पुगेको थियो । गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा बसिरहेको बेला बाघ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया