आर्सनल र म्यानचेस्टर युनाईटेडको महत्वपूर्ण जित
लेस्टर र टोटनहमको अप्रत्याशित हार

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाईटेडले शानदार जित निकालेका छन् । आइतबार राती भएका खेलमा आर्सनलले शेफिल्ड युनाईटेडलाई ३-० गोलले हरायो । यस्तै म्यानचेस्टर युनाईटेडले टोटनहममाथि ३-१ गोलको जित दर्ता गर्यो ।
आर्सनललाई जिताउन लाकाजेटले दुई तथा मार्टिनेलीले एक गोल गरे । जितपछि आर्सनल ३१ खेलबाट ४५ अंकसहित नवौ स्थानमा छ । यस्तै म्यानचेस्टरका लागि फ्रेड, काभानी र ग्रीनवुडले गोल गरे । टोटनहमका सन हङ मिनले सुरुवाती गोल गरे । जितपछि युनाईटेड ६३ अंकसहित दोस्रो स्थानमा कायमै छ ।
अर्को खेलमा लेस्टर वेष्ट ह्याम युनाईटेडसँग ३-२ गोलले पराजित भयो । लेस्टरका लागि इहिनाचोले दुई गोल गरेपनि टिमलाई जित दिलाउन सकेनन् । वेष्ट ह्यामका लागि लिंगार्डले दुई तथा बोवेनले एक गोल गरे ।
जितसँगै वेष्ट ह्याम चेल्सीलाई पछि पार्दै ५५ अंकसहित चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ५६ अंक जोडेको लेस्टर भने तेस्रो स्थानमा छ । अर्को खेलमा बर्नलीले न्युक्यासलाई २-१ गोलले हरायो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया