जसपा खोटाङ अध्यक्षसहित १३ जना माओवादी केन्द्र प्रवेश

खोटाङ - जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गत ३० साउनमा जसपा परित्यागको घोषणा गरेका थापासहितका नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
जसपा छाडेका उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई, जुलन राईलगायत माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादी केन्द्र प्रवेश गर्नेमा सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ छन् । थापा लगायतका नेताको जिम्मेवारीका विषयमा भने छलफल भइरहेको छ ।
सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान राजनीतिक उपलव्धी, समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने वैचारिक तथा सैद्धान्तिक हिसावले माओवादी केन्द्रमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ । समृद्ध समाज निर्माण गर्दै आमुल परिवर्तनको दिशामा अगाडि बढ्ने आन्दोलनमा समाहित भएको थापाले प्रतिक्रिया दिएका छन् ।
केन्द्रमा उपेन्द्र यादव र बाबुराम भट्टराई अलग भएपछि थापासहित ३९ जनाले जसपाबाट अलग भएको घोषणा गरेका थिए । यद्यपी, जसपाले सबै ३९ जनाले पार्टी नछाडेको दाबी गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया