नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखायोः ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता विधेयक संसदले एकपटक विचार गरोस भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको र घमण्डीपन देखाएको बताए ।
यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उनले बताए । उनले संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राखे । ओलीले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान–परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको बताए ।
अहिले आफुलाई लोकतान्त्रिक पार्टीको दाबी गर्ने कांग्रेसको विचार शुन्य रहेको र अरु दललाई साथमा नलिई अघि बढ्न नसक्ने अवस्थामा पुगेको तर्क गरे । ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गर्दै प्रचण्ड एण्ड कम्पनी मात्र भएको आरोप लगाए । ओलीले देशमा स्थिरता ल्याउन एमालेको जित अपरिहार्य भएको बताए ।
कार्यक्रममा अध्यक्ष ओलीले जसपाका उपाध्यक्ष हेमराज राई लगायतका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए । ओलीले पार्टीमा आएका नेताहरुलाई अलपत्र नपार्ने र आवश्यक जिम्मेवारी दिने जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया