रुपन्देहीको आशिष पेट्रोल सप्लायर्सको पम्पमा आगलागी

बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिका-७ गुलरियामा चोक नन्दनगरमा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ । स्थानीय राजकुमार चौधरीको आशिष पेट्रोल सप्लायर्सको पम्पमा आइतवार राति आगो लागेको हो ।
आगो नियन्त्रण लिने प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी घाइते भएका छन् । घाइतेको उपचार बुटवलमा भैइहेको छ । चौधरीका अनुसार आगलागीबाट करिब १ लाख लिटर इन्धन जलेर नस्ट भएको छ । तेल बोकेर आएको ट्यांकरसमेत जलेर नस्ट भएको छ ।
दुईवटा बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर खड्काले जानकारी दिए । आगो कसरी लाग्यो भन्ने थाहा हुन नसकेको प्रहरी निरीक्षक खड्काले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया