फागुन १९ मा ‘परस्त्री’सँग आँचलको ‘वर एन्ड वधु’

काठमाडौँ - मिलन चाम्सको निर्देशनमा तयार भइहेको चलचित्र ‘वर एन्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा चलचित्रको छायांकन सकेर नेपाल आए लगतै यसको निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको हो । काठमाडौँ हुने सुटिङ भने बाँकी नै रहेको छ । यही बीच आँचल दसैँअघि ‘नाइँ नभन्नू ल ६’को सुटिङको तयारीमा रहेकी छिन् ।
निर्देशक चाम्सले दिएको जानकारी अनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो चलचित्र फागुनको १९ गतेबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए ।
यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्बिरसमेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । चलचित्रमा जानुका थापाको लगानी छ ।भदौ र असोजपछि नेपाली चलचित्रका निर्माताको आँखा फागुनमा केन्द्रित देखिएको छ । यही मितिमा ‘परस्त्री’ नामको फिल्मले पहिले नै प्रदर्शन मिति घोषणा गरिसकेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया