बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

नेपाल-भारत कूटनीतिक वार्ता अघि बढ्ने संकेत

श्रृंगला बल्ल नेपाल आउँने भए

काठमाडौं : नेपाल र भारतबीच कूटनीतिक संवादहिनता तत्कालका लागि अन्त्य हुने भएको छ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला अन्य केही छिमेकी मुलुकको भ्रमणपछि नेपाल आउँदैछन् । 

नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष मुलुक पनि हो । अधिकांशले नेपाली भाषी विदेश सचिवले नेपालबाट नै छिमेक यात्रा सुरु गर्लान भन्‍ने थियो । तर, उनी अन्य मुलुकको भ्रमण गरेको लामो समयपछि मात्र नेपाल आउन लागेका हुन् ।
  
तर, जम्मु-काश्मीरबारे भारतको निर्णयसँगै जारी गरेको नयाँ नक्सामा नेपालको भूभागसमेत अफ्नो तर्फ राखेपछि संवादहिनता निम्तिएको थियो । एक वर्षपछि त्यसको अन्त्य हुने संकेत देखिएको हो । यद्यपी त्यो विषय कसरी सल्टिने भन्‍ने विषय अझै स्पष्ट छैन् । नेपालले पटक-पटक दुईपक्षीय बैठकको लागि पहल गरेपनि भारतले यसलाई अस्विकार गर्दै आएको थियो । पछि सुरक्षा र खुविया एजेन्सीका प्रतिनिधीहरू नेपाल आएर राजनीतिक भेटघाट गरेका थिए ।
 
नेपालबाट पनि भारततर्फ केही प्रतिनिधि, विचौलिया ब्यापारीहरू भारत पुगेका र वार्ता गरेको दूतावास स्रोतले बतायो । दुईपक्षीय संवाद हिनताले ब्यापारमा समेत असर परेपछि विचौलियाहरू पनि सलबलाएका थिए । यद्यपी उनीहरूको भ्रमण र छलफल भए पनि राजनीकि तहमा सन्देश दिनेगरि काम भने सुरक्षा निकायबाट भएको हो । 

नेपाल भ्रमणमा आएका भारतीय सुरक्षा र खुविया एजेन्सीका प्रमुखहरू मार्फत नै राजनीतिक सन्देश कार्यकारीसम्म पुगेको हो । भारतको ठूला र अन्य मित्र मुलुकसँगको सम्बन्ध विदेश मन्त्री एस जयशंकरको तहबाट हेरिन्छ भने छिमेक सम्वन्ध राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको तहबाट हेरिने धारणा भारतीय सञ्‍चार माध्यममा यसअघि नै बाहिर आएको हो । 

सायद त्यही कारण पनि नेपालमा खुविया एजेन्सीको भ्रमण भएको होला ? परम्परागत भनिए पनि सेनाप्रमुख मनोजमुकुन्द नरवाणेको भ्रमण पनि त्यसमा आधारित देखिन्छ । दुवै सुरक्षा प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहमा शिष्टाचार र वान इन वान (एक्लाएक्लै) छलफल गरेका छन् ।
यही छलफलले सीमाको कारण विगत एक वर्षदेखि कायम रहेको औपचारिक संवादहीनताका अन्त्य गर्न सक्ने बताइएको छ । 

श्रृंगलाको भ्रमण मंरिस दोस्रो साता हुने भएपनि तिथी तय भैनसकेको परराष्ट्र अधिकारीले बताए । भारतीय सञ्‍चार माध्यमहरूले उनी मंसिर ११ मा नेपाल आउने भएको सोमबार नै लेखिसकेको छ । ‘भारत र नेपालबीच भ्रमण आदनप्रदान भइरहेको छ । उच्चस्तरको भ्रमणबारे सुनेको हुँ । तर, मितिबारेमा जानकारी छैन । सायद तिथी तय हुँदै होला । भएपछि जानकारी दिनेछु,’ परराष्ट्रमन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन् । 

भारतीय दुतावासका प्रवक्ता नविन कुमारले पनि भ्रमणको बारेमा छलफल भइरहेको तर तिथि तय भै नसकेको स्पष्ट पारे । उनले भने, ‘भारतीय सञ्‍चार माध्यमहरूमा देखेपछि मैले विदेश मन्त्रालयमा सोधिरहेको छु ।’ 

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भने भ्रमणका सम्बन्धमा औपचारिक जानकारी नपाएको जनाएको छ । हुनत एक वर्ष देखि संवादहिनता देखिएको भारतले आफ्नो छिमेकसँग सहकार्य गर्ने नीति अनुरुप नै नेपालसँग पनि ‘इन्गेजमेन्ट’ सघन बनाउँने नीति लिएको देखिन्छ । भारतीय सञ्‍चार माध्यमले श्रृंगलाको भ्रमणले एक वर्षयता अन्त्य खराब बन्‍न पुगेको दुई मुलुकको सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको संकेत रुपमा समेत उल्लेख गरेको छ ।

गत वर्ष पुसमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रृंगलाले पहिलो पटक आफ्नो निकट छिमेकी मुलुक आउन लागेका हुन् । नक्सा प्रकरणपछि गत वैशाखमा भारतले नेपालको भूमि भएर पिथौरागढ-लिपुलेक सडकको उद्घाटनले नेपाल भारत सम्वन्धमा थप बादल लागेको थियो । नेपालले सीमालगायतका विषयमा छलफल गर्नका लागि विदेश सचिवस्तरीय बैठकका लागि लामो समयदेखि पहल गर्दै आएको थियो । भारतले कोभिड-१९ को कारण देखाएर पन्छाउँदै आएको थियो । उनले काठमाडौं समकक्षी वार्ता सँगै राजनीतिक भेटघाट पनि गर्नेछन् ।