एमालेले सत्तामा एउटा र बाहिर हुँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनायो : डिला संग्रौला

काठमाडौँ - सांसद डिला संग्रौलाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्तामा हुँदा एउटा र सत्ताबाहिर हुँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाइएको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद संग्रौलाले लामो समयदेखि नागरिकतासम्बन्धी कानुन बन्न नसक्दा लाखौंले नेपाली नागरिक नागरिकताबाट बन्चित हुनु परेको बताइन् ।
'अघिल्लो सरकारले संसद्मा ल्याएर झन्डै चार वर्षसम्म अल्झेको नागरिकता विधेयक प्रमाणीकरण भएर आएको भए यतिबेला कति नागरिकले नागरिकता प्राप्त गरिसकेका हुन्थे,' उनले भनिन्, 'तत्कालीन सरकारले संसद्मा पारित गर्नपट्टि नलागेर अल्झाएर राख्यो । प्रतिपक्ष दल नेकपा एमालेले सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ताबाहिर हुँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाइएको छ । लामो समयदेखि नागरिकता सम्बन्धी कानुन बन्न नसक्दा लाखौंले नेपाली नागरिक नागरिकताबाट बन्चित हुनु परेको छ ।'
संसद्बाट पारित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनु दु:खद भउको बताइन् । 'साधारणतया सार्वभौम संसद्ले बृहतरूपमा छलफल गरेर दुवै सदनले पारित गरेर पठाएको विधेयक फिर्ता गरिनु हुँदैनथ्यो । सार्वभौम संसदले पठाएका विधेयकहरू प्रमाणीकरण गरेर कानुनको रूप दिएर पठाउनु राष्ट्रपतिको संवैधानिक दायित्व पनि हो,' उनले भनिन्, 'यसलाई उहाँले दोस्रोपटकमा जुनसुकै हालतमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक वाध्यता पनि छ । यति हुँदाहुँदै पनि फिर्ता पठाउनु ठीक होइन । अब विधेयकलाई अल्झाएर ढिलो गरेर राख्ने समय पनि होइन । त्यसैले यो विधेयक तुरुन्तै प्रमाणीकरण भएर कानुनको रुपमा आउनुपर्छ ।'

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

प्रतिक्रिया