स्वदेश फर्किदै गोटाबाया राजापाक्षे

कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् । राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेको उनका भतिजा उदयांगा वीरातुंगाले बताएका छन् । अभूतपूर्व आर्थिक संकटपछि व्यापक सरकार विरोधी प्रदर्शनबीच राजापाक्षे देश छोडेर भागेका थिए ।
२ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपुथलको सामना गरिरहेको छ । खाद्यान्न, औषधि, इन्धन र अन्य आवश्यक सामग्रीहरू किन्न लाखौँ मानिसले संघर्ष गरिरहेका छन् । गत मार्चमा सुरु भएको विशाल प्रदर्शन राजापाक्षेको राजीनामासँगै टुंगिएको थियो ।
सन् २००६ देखि २०१५ सम्म रुसका लागि श्रीलंकाका राजदूत रहेका वीरातुंगाले भने, ‘उनले मसँग फोनमा कुरा गरे, म तपाईलाई भन्न सक्छु कि उनी अर्को हप्ता स्वदेश फर्किनेछन् । ’
७३ वर्षीय गोटाबाय अगस्ट २४ मा फर्कन सक्ने तर, उनलाई पुनः निर्वाचित गर्न नहुने वीरातुंगाले बताए । ‘तर उसले अझै पनि देशको लागि केही सेवा गर्न सक्छ जुन उसले पहिले गरेका थिए,’ वीरातुंगाले भने ।
राजापाक्षे हाल थाइल्याण्डको राजधानी बैंककको मुटुमा रहेको एउटा होटलमा बसिरहेका छन् । सुरक्षाका कारण प्रहरीले उनलाई कोठाभित्रै बस्न सल्लाह दिएको छ । उनी ११ अगस्टमा सिंगापुरबाट थाइल्यान्ड गएका थिए ।

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम…

प्रतिक्रिया