शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

यसरी सहभागी हुनुहोस् यामाहाको फेन्टासी प्रिमियर लिगमा

काठमाडौँ- नेपालमा फुटबल क्रेज निकै लोभ लाग्दो छ । नेपाली फुटबल समर्थकहरू देशको फुटबल गतिविधिमा मात्र नभएर देश बाहिरको फुटबल गतिविधिलाई समेत निकै चासोको साथ फलो गर्ने गर्छन् । 

फुटबल जगत्‌कै सर्वाधिक भब्य मानिने इंग्लिश प्रिमीयर लिग (इपिएल)को नयाँ सिजन गत अगस्ट ०६ बाट सुरु भएसँगै फेन्टासी लिग पनि चर्चाको शिखरमा छ । 

इंग्लिश प्रिमीयर लिग (इपिएल)मा आधारित रहेर कम्प्यूटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँच तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरूमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ। पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेलेका छन् ।

यस सिजनको नेपालको ‘फेन्टासी प्रिमियर लिग’ लाई अझ भव्य रूपमा आयोजना र उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालले एक फेसबुक पेजसँग सहकार्य गरेको छ ।

यस सिजनको ‘फेन्टासी प्रिमियर लिग’मा सहभागी बन्नका लागि yi23yo रहेको छ । उक्त कोड ‘फेन्टासी प्रिमियर लिग’को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ । तर, यामाहा नेपालको अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा भिजिट गरी रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ । 

इपिएलमा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा इपिएलको नियमहरूअन्तर्गत र इपिएलजस्तै ९ महिनासम्म चल्नेछ ।

कम्पनीको अनुसार फेन्टासी लिगमा साप्ताहिक विजेता र भाग्यशाली विजेता हुनेछन् । साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ । त्यसैगरी, भाग्यशाली विजेता लिगको अन्त्यमा घोषणा गरिनेछ जुन प्रत्येक हप्ता लिडरबोर्डमा अग्रता लिनेहरूको पोइन्टलाई आधार मानी गरिनेछ । 

साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ । 
 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम