भुवन केसीमाथि मुद्धाको पेसी सोमबारका लागि सर्यो

काठमाडौं– अभिनेता भुवन केसीमाथि परेको मुद्धाको पेसी सोमबारका लागि सरेको छ । यसअघि आजका लागि तोकिएको पेसी सरेको हो ।
मन्त्रिपरिषद्को निर्णयले उनलाई चलचित्र विकास बोर्ड अध्यक्षमा मनोनयन गरेको थियो । उनको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा मुद्धा दर्ता गरिएको थियो ।
भुवन केसीसँगै प्रतिस्पर्धामा रहेका व्यक्तिले नै मुद्दा दर्ता गराएका थिए । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो ।
केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।
भुवन केसीले जेठ २१ देखि रिक्त रहेको पदमा मनोनयन पाएका थिए । सार्वजनिक पदमा नियुक्तिका लागि स्नातक तह उत्तीर्ण गर्नुपर्ने प्रावधान रहेको र भुवन केसीले नियुक्तिको समयमा सोको प्रमाणपत्र पेश नगरेको चर्चा थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया