सुरेश बडालको दोस्रो कृति ‘मायाका मसिना अक्षर’को लोकार्पण

काठमाडौं - लेखक सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ भिडियोमार्फत लोकार्पण गरिएको छ । प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो ।
बडालको ‘मायाका मसिना अक्षर’ उत्कृष्ट कृतिका रूपमा आएको लेखक सुविन भट्टराईले बताए । विशेषगरी आफूलाई उपन्यासको भाषाले तानेको उनको भनाइ छ । ‘यस कृतिको विशेषता इमोसन हो, यसले ठाउँठाउँमा पाठकलाई भावुक बनाउँछ,’ भट्टराईले भने, ‘उपन्यास पढिरहँदा छङछङ खोला बगे झैं आनन्दानुभूति हुन्छ । सुरेशजीको सुन्दर लेखनीले उनलाई एउटा उचाइमा पु¥याउनेछ ।’
प्रेमका कथा लेख्नमा आफूलाई रुचि भएको र त्यसै सन्दर्भमा यो पुस्तकको जन्म भएको लेखक बडालले बताए । ‘प्रेमका कथा धेरै पढेको थिएँ । तर कहीँ न कहीँ केही केही खट्किरहन्थ्यो,’ उनले भने, ‘के हिजोआज पनि आदर्श प्रेम जीवित छ ? मायाप्रेमका नाममा छोटा आकर्षण र विकर्षण भइजाने सोसल मिडिया पुस्ताका अप्ठ्याराका कथा किन नलेखूँ भनेर मैले यो प्रयास गरेको हुँ ।’
प्रेम गराउने होइन, प्रेम बुझाउने कथा लेख्न मन लागेकाले नै आफूले यो उपन्यास लेखेको लेखक बडालले जनाए । ‘भ्रमलाई प्रेम मान्नेहरूको दैनिकी लेख्नु थियो,’ उनले भने, ‘यसकारण मैले दिवस र रुबाका घटना उधिन्न थालें ।’ फुड माइक्रोबायोलोजीमा स्नातकोत्तर सुरेश बडालले यसअघि कथा संग्रहको रुपमा ‘रहर’ प्रकाशन गरिसकेका छन् । उनको ‘मायाका मसिना अक्षर’ पहिलो उपन्यास हो ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया